Activities

अस्वस्थ लोकगायक घलानका लागि एक लाख रुपैंया संकलन

  • Thu Feb.16.2012



अस्वस्थ लोकगायक सोमबहादुर घलानको सहयोगार्थ रेडियो थाहा संचारले चलाएको सहयोग रासी संकलन अभियानमा १ लाख रुपैंया संकलन भएको छ । चौंथो वार्षीकोत्सवका अवशरमा उक्त अभियान चलाईएको थियो । रेडियोका कर्मचारीहरुले एक दीनको तलव डोनेट गरेर अभियानको आरम्भ गरेका थिए । यो अभियानमा मकवानपुरमात्र नभई आसपासका जिल्ला र विदेशमा रहेका स्रोताहरुले समेत साथ दीएका थिए । यसरी संकलित रकम गत फाल्गुण ७ गते आयोजित रेडियोको वार्षीकोत्सव समारोहमा उहाँलाई हस्तान्तरण गरीएको थियो । नसासम्बन्धी समस्याका कारण बोल्न र हिडडुल गर्न अस्वस्थ हुनुभएका गायक घलान 'आलु र तामा हजुर छेपारोलाई जामा' बोलको गितका लागी प्रसिद्ध हुनुहुन्छ ।

यसैविच, हेटौंडाका उदयीमान गायक अन्जन दाहलले लोकगायक घलानको बहुचर्चीत गित 'आलु र तामा'लाई रीमेक गर्नेहुनुभएको छ । रीमेकका लागि गायक घलानसंग अनुमती लिईसकीएको दाहलले बताउनुभयो । प्रतिलीपी अधिकारबापत दाहलले घलानलाई पाँच हजार रुपैंया उपलव्ध गराउनुभएको छ । त्यसका अलावा सिआरवीटीबाट उठ्ने सम्पुर्ण रकम पनि घलानलाई नै उपलव्ध गराईने दाहलले बताउनुभयो । उक्त गित दाहलको आसन्न सांगीतीक संग्रह 'तारा'मा समावेश गरीनेछ ।

Comments

Sunne lae sunko mala

Latest News

More News

Special Programs