Activities
रेडियो थाहा संचार पाँचौं वर्षमा
रेडियो थाहा संचार ९९.६ एफएम यही फाल्गुण ७ गतेबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । रेडियोले भव्यताका साथ चौंथो वार्षीकोत्सव मनाएको छ । सप्ताव्यापी कार्यक्रम गरी वार्षीकोत्सव मनाईएको हो ।
फाल्गुण १ गते पहिलो दिन क्यान ईन्फोटेक मेलामा आयोजीत 'सुचना तथा प्रविधीको सदुपयोग' विषयक बतृत्वकला कार्यक्रममा रीलायन्स ई बो स्कुलकी अस्मिता श्रेष्ठ प्रथम भएकी थिईन् । त्यसैगरी दोस्रो दिन शहिद स्मारक हेटौंडा बजार तथा चौघडामा 'थाहा रोड सो' नामक सांगीतीक कार्यक्रमको आयोजना गरीएको थियो । त्यस्तै तेस्रो दिन फाल्गुण ३ गते अस्वस्थ लोकगायक सोम बहादुर घलानको उपचारार्थ सहयोग संकलन अभियान चलाईएको थियो । जसमा एक लाख रुपैंया संकलन भएको थियो । जुन रकम गायक घलानलाई मुल समारोहमा हस्तान्तरण गरीयो (हेर्नुस् तस्विर) । त्यस्तै चौंथो दिन हेटौंडाको ट्राफीक चोकमा आयोजित रक्तदान कार्यक्रममा वर्षकै सर्वाधीक १८५ जना रक्तदान गरेका थिए । त्यस्तै छैटौं दिन रेडियोकै प्रांगणमा नारायाणी अन्चलस्तरीय कवि गोष्ठीको आयोजना गरीएको थियो, जहाँ नारायणीका अतिरीक्त जनकपुर र नवलपरासीका सर्जकहरुले पनि भाग लिएका थिए । त्यस्तै ६ गते नै थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्ट र थाहा दर्शनको विषयमा अन्तक्रीया गरीएको थियो ।
चौथो वार्षिक उत्सवको अवसरमा फाल्गुण ७ गते मूल समारोह कार्यक्रम गरियो । कार्यक्रममा बोल्दै पुर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका नेता चक्र बास्तोलाले थाहा दर्शनलाई अनुसरण गरे शान्ति र संविधान निर्माणले छिट्टै पुर्णता पाउने बताउनुभयो । नेपालका लागि बेलारुसका महाबाणिज्यदुत अजेयराज सुमार्गीले स्वर्गिय रुपचन्द्र विष्टद्वारा प्रतिपादित थाहा दर्शनलाई नेपालका राजनीति दलहरुले मनन गर्न नसकेको बताउनुभयो । शान्ति र संविद्यानको पक्षमा थाह दर्शनको सिद्धान्तलाई लागु गर्न खोज्दा कतिपयले मन नपराएको बताउनुहुदै सुमार्गीले थाहाको सिद्धान्तमा आफु अडिग रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै रेडियोले प्रत्येक वर्ष वार्षिकोत्सबको दिन प्रदान गर्दै आएको 'थाहा वर्ष सम्मान'द्धारा बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर् याउनुहुने मकवानपुरका ६ जनालाई सम्मानिति गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा संगिततर्फ हेटौँडाका शिखर सन्तोष, शिक्षा तर्फ युगचेतना नमुना प्राविका प्रधानाध्यापक राजु बर्तौला र स्वास्थ्यतर्फ पबित्रा हटवाल हुनुहुन्छ । त्यस्तै वातावरणतर्फ अशोक सामुदायिक बन समुह हटियाका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, कृषितर्फ हर्नामाडिका किसान शरणकुमार गौतम र उद्यमतर्फ चौघडाका विष्णुप्रसाद मानन्धर हुनुहुन्छ । कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार रामनारायण बिडारी, सभासद प्रल्हाद लामिछाने, बरिष्ठ पत्रकारहरु जनार्दन आचार्य, पुरु रिसाल, पदम् ठकुराठीलगायतले थाहा दर्शनको महत्वबारे बोल्नुभएको थियो । सोही साँझ हेमन्त शर्मा, श्रुती सींह ठकुरी ,युवराज चौलागाँई, अन्जन दाहललगायतका कलाकारले रोचक प्रस्तुती दीएका थिए । मुल समारोहको एवीसी टेलीभीजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।
On Air
Just Request
Neeru Shrestha
Time: 13:05–14:00 (Thursday)Coming Up Next
Samachar Sangalo
Time: 14:00–14:05 (Thursday)- Browse More
Latest News
- पानको मूल्य बढ्यो
- हे भगवान ! आज पनि बन्द !
- प्रहरीलाई छक्याएर भागेका खेमराज प्रजा समातिए
- भगवानको राजिनामापछि सिन्हा आए
- बन्द गराएकोमा बैद्यलाई कमल थापाको धन्यवाद (हेर्नुहोस् थापाको ट्विट)
- बन्दका क्रममा मकवानपुरमा सवारी साधन तोडफोड
- सर्प मर्दा रुवाबासी (हाम्रै मकवानपुरको घटना)
- यस्तो छ मकवानपुरको स्थानिय बजेट
- मकवानपुरमा 'लोकल' तोरीको खेति उपयूक्त
- गाडी भाडा ९ प्रतिशत बढ्ने







Comments