Activities

हेलो नेपालले ९ महिनाभित्र पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलमा सेवा विस्तार गर्ने

  • Thu Jul.26.2012

नेपाल स्याटेलाइट कम्पनीद्घारा सञ्चालित हेलो नेपाल टेलिकमले ९ महिनाभित्र आफ्नो सेवा पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा विस्तार गर्ने भएको छ  । सेवा विस्तारका लागि कम्पनीले चिनीया कम्पनी जेडटीईसंग सम्झौता गरेको छ । कम्पनीले सेवा विस्तारका लागि आवश्यक भौतिक सामग्री आपूर्ति र प्राविधिक कामको जिम्मा जेडटीईलाई दिने सम्झौता नेपाल स्याटेलाईट कम्पनी प्रालिका सञ्चालक अजेयराज सुमार्गी र टेडटीईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्यू लेले हस्ताक्षर गर्नुभएको छ । विकट भौगोलिक अवस्था, कम जनघनत्व र आर्थिक विपन्न क्षेत्रका उपभोक्ताले सुगम सञ्चारको उपभोग गर्न पाउन् भनी सेवा विस्तार गर्न लागिएको सञ्चालक सुमार्गीले रेडियो थाहा सञ्चारलाई जनाकारी दिनुभयो । तेस्रो चरणमा मध्यमाञ्चल एवम् पुर्वाञ्चलमा सेवा विस्तार गर्ने लक्ष्य रहेको कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गीले बताउनुभयो । अध्यक्ष सुमार्गीले ६२ मुलुकमा कााम गरिसकेको र नेपालमा करिब चारसय प्राविधिक सहितको कार्यालय रहेको जेडटीईले निर्धारित समयभित्रै स्तरिय तरिकाले निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभएको छ । माग अनुसार मोबाइल उपलब्ध गराउँने क्षमता संस्थासंग रहेको बताइएको छ । कम्पनीका सञ्चालक अर्जुन शर्माले नयाँ प्रविधिको माध्यमले प्रत्येक नेपालीका हातमा गुणस्तरिय सेवा पु¥याउँने रणनीती अनुसार सुविधासम्पन्न उपकरण जडान गरि सेवा दिने लक्ष्य रहेको जानकारी दिनुभयो । 

Comments