Activities
क्याम्पसप्रमुख थुनिए !!
हेटौँडा, साउन २६ गते ।नवगठित नेकपा–माओवादी समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आज मकवानपुर बहुमुखी क्याम्पसको प्रशासन, लेखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आफ्ना मागप्रति क्याम्पस प्रशासनले बेवास्था गरेका कारण आफूहरु चरणवद्ध आन्दोलनमा उत्रनुपरेको सो संगठनले जनाएको छ । संगठनले आजै क्याम्पस प्रमुख बच्चुराम अधिकारीलाईसमेत १५ मिनेट उहाँकै कार्यकक्षमा थुनेका थिए । संगठनले गत साउन १३ गते क्याम्पस प्रशासनसँग ६ बुँदे माग पेश गरेको थियो । ती मध्ये ३ बुँदे मागमा क्याम्पस प्रशासन केही लचक देखिएपनि बाँकी ३ बुँदालाई पुरै बेवास्था गरेका कारण आन्दोलनमा उत्रनुपरेको संगठनका संयोजक प्रल्हाद गौतमले बताउनुभयो । संगठनले प्रत्येक संकायमा गरिएको शुल्क वृद्धि खारेज गर्नुपर्ने, क्याम्पसमा भइरहेका राजनीतिक नियुक्ति रद्ध गर्नुपर्ने र क्याम्पस प्राध्यापकको दोहोरो दरबन्दी अन्त्य गरिनुपर्ने भनी राखेको मागमा क्याम्पस प्रशासन असहमत भएको हो । क्रान्तिकारी इकाई कमिटीले क्याम्पसको क्याम्पससभा हिजो बिथोल्न खोजेपनि ब्यवस्थापनले क्याम्पससभा सम्पन्न गरेको थियो । उनीहरुले क्याम्पसमा ढुंगा प्रहार गरी झ्यालका केही सिसासमेत फुटाइदिएका छन् । गौतमले माग पूरा गरी कार्यान्वयन चरणमा पुगेपछि आन्दोलन फिर्ता लिने बताउनुभयो । आन्दोलनका क्रममा क्याम्पसको पठनपाठन र जारी परीक्षामा भने कुनै अवरोध नगरिने गौतमले बताउनुभयो ।
On Air
Samachar Samikchhya
Time: 20:05–20:45 (Friday)Coming Up Next
BBC nepali sewa
Time: 20:45–21:00 (Friday)- Browse More
Latest News
- पानको मूल्य बढ्यो
- हे भगवान ! आज पनि बन्द !
- प्रहरीलाई छक्याएर भागेका खेमराज प्रजा समातिए
- भगवानको राजिनामापछि सिन्हा आए
- बन्द गराएकोमा बैद्यलाई कमल थापाको धन्यवाद (हेर्नुहोस् थापाको ट्विट)
- बन्दका क्रममा मकवानपुरमा सवारी साधन तोडफोड
- सर्प मर्दा रुवाबासी (हाम्रै मकवानपुरको घटना)
- यस्तो छ मकवानपुरको स्थानिय बजेट
- मकवानपुरमा 'लोकल' तोरीको खेति उपयूक्त
- गाडी भाडा ९ प्रतिशत बढ्ने







Comments