Activities

भाडाका गाडि ठप्प

  • Fri Aug.10.2012

हेटौँडा, साउन २६ गते । विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका यातयात व्यवसायीहरुले आज देशभर सार्वजनिक सवारी साधन बन्द गरेका छन् । मागबारे सरकारसँग गएराति अबेरसम्म चलेको वार्ता बिना निश्कर्ष टुङ्गिएपछि व्यवसायीहरु बन्दमा उत्रिएका हुन् ।

    यातयात व्यवसायीहरुले छुट्टै यातयात मन्त्रालय गठन, यातायात क्षेत्रलाई उद्योग सरह मान्यता, यातायात मन्त्रालयबाट ट्राफिक प्रहरीलाई प्रत्योजन गरेका थप अघिकार खारेज, ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिशन रकमसम्बन्धी निर्णय खारेज गर्नुपर्ने, यातयात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गरी लागू गराउनुपर्ने र बिमा नीति नीतिगत रुपमा व्यवहारमा लागू गराउनुपर्ने माग अगाडि सारेका छन् ।

      नारायणी यातयात व्यवसायी संघ हेटौँडाका अध्यक्ष गोकर्ण पराजुलीले माग पुरा नभएसम्म भाडाका सवारी सञ्चालन नहुने बताउनुभयो । हेटौँडाका विभिन्न स्थानीय रुटमा सञ्चालित टेम्पो र म्याजिकसमेत बन्द भएको टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौँडाका अध्यक्ष प्रदीपराज गीरीले जानकारी दिनुभयो । निजी नम्बर प्लेटका सवारी भने निर्वाध सञ्चालन भइरहेका छन् ।

Comments

Sunne lae sunko mala

Latest News

More News

Special Programs