Activities
चर्कियो ग्यासको अभाव
काठमाडौँ, २६ साउन/ १६ सूत्रीय माग राखेर ग्यास व्यवासायीहरू आन्दोलनमा उत्रिएपछि राजधानीलगायत देशभर ग्यासको माग बढेको छ । माग बढेसँगै बजारमा ग्यासको अभाव भएको हो ।
उद्योगीले ग्यासको बिक्री–वितरण रोक्ने बताएपछि उपभोक्ताहरूले ग्यास भर्न थालेपछि माग बढेको हो । ग्यास बिक्रेता महासंघका महासचिब महेश्वरप्रसाद श्रेष्ठका अनुसार अहिले दैनिक २५ प्रतिशतका दरले माग बढिरहेको छ ।
यसैबीच सरकारले अत्यावश्यक वस्तु ग्यासमा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता नलिए ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । अत्यावश्यक ऐन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रक्रिया थालिसकेको छ । उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पुग्ने गरी कुनै पनि गतिविधि भएमा त्यसलाई नियन्त्रण गर्न ऐन लागू गर्न लागिएको हो ।
On Air
Just Request
Darshan Kshetry
Time: 13:05–14:00 (Sunday)Coming Up Next
Samachar Sangalo
Time: 14:00–14:05 (Sunday)- Browse More
Latest News
- पानको मूल्य बढ्यो
- हे भगवान ! आज पनि बन्द !
- प्रहरीलाई छक्याएर भागेका खेमराज प्रजा समातिए
- भगवानको राजिनामापछि सिन्हा आए
- बन्द गराएकोमा बैद्यलाई कमल थापाको धन्यवाद (हेर्नुहोस् थापाको ट्विट)
- बन्दका क्रममा मकवानपुरमा सवारी साधन तोडफोड
- सर्प मर्दा रुवाबासी (हाम्रै मकवानपुरको घटना)
- यस्तो छ मकवानपुरको स्थानिय बजेट
- मकवानपुरमा 'लोकल' तोरीको खेति उपयूक्त
- गाडी भाडा ९ प्रतिशत बढ्ने







Comments