Activities

प्रहरी दमनको बिरोध भन्दै चितवन बन्दको आब्हान

  • Thu Aug.16.2012

प्रदिप घिमिरे
चितवन ३२ साउन


प्रधानमन्त्रिको राजिनामा माग गर्दै भरतपुर बिमानस्थल अघाडि उत्रिएका युबासंघ, अनेरास्बवियू , नेबिसंघ तथा प्रतिपक्षी दलका अन्य कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै चितवनमा क्रियाशिल प्रतिपक्षिदलका भातृ संगठनहरुले आज एक दिनका लागि  चितवन बन्दको आब्हान गरेका छन् । काठमाण्डौ फर्कने क्रममा प्रधानमन्त्रि भट्टराई बिरुद्ध कालोझण्डासहित चर्का नाराबाजि गर्न बिमानस्थल अगाडी उभिएका बिद्यार्थीहरुलाई प्रहरीले अवरोध गरेको थियो । त्यसैको बिरोधमा बन्द आब्हान गरीएको युबासंघ चितवनका अध्यक्ष प्रल्हाद प्रधानले जानकारी दिनुभयो ।

चितवन बन्दका कारण जिल्लामा भित्र चल्ने र चितवन भएर बाहिरिने सबारी साधन ठप्प भएका छन् भने बिद्यार्थि संगठनका कार्यकर्ता बजार पसल बन्द गराउदै हिडेका छन् । अकस्मात जिल्ला बन्द भएका कारण गन्तब्यमा हिडेका सबारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।

Comments