Activities

हारमा ह्याट्रिक

  • Thu Aug.16.2012

 

साउन ३२ गते । थाहासञ्चार संवाददात
 
१९ बर्ष मुनिको विश्व कप क्रिकेटमा नेपालले हारमा ह्याट्रिक गरेको छ । आजको तेस्रो खेलमा नेपाल इंग्ल्यान्डसँग १ सय २६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
       इङ्ल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ ओभरमा पुरा खेलाडी गुमाउँदै जम्म १ सय ४८ रनमा समेटिएको हो ।  इङ्ल्याण्डले टस जिति पहिला व्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५५ रन बनाए भने हासिम अन्सारीले ३६ रन जोडेका थिए । सागर पुन, नरेश बुढाएर र कप्तान पृथ्यु बास्कोटा बिना रन पेभिलियन फर्किएका थिए । 
      नेपालकालागि राहुल कुमार विश्वकर्माले ३, अभिनास कर्णले २ तथा प्रदिप ऐरीले १ विकेट लिएका थिए । आजको हारसँगै नेपालको अन्तिम ८ मा प्रवेश गर्ने संभावना सकिएको छ । 
 

Comments

Sunne lae sunko mala

Latest News

More News

Special Programs