Activities

चितवन खुल्यो

  • Fri Aug.17.2012

प्रदिप घिमिरे/चितवन

भदौ १ गते ।

        आज परेको कुसे औसी र बाबुको मुख हेर्नैे दिनलाई मध्यनजर गर्दै एमाले निकट युबा संघ र अनेरास्बियुले संयुक्त रुपमा आब्हान गरेको चितवन बन्द फिर्ता लिएको छ ।

     हिजो मध्यान्ह देखि जारी राखेको बन्द आज आज परेको चाड र यात्रिले खेप्नु परेको पिडा लाई मध्यनजर गर्दै विहान साँढे १० बजेदेखि फिर्ता लिएको युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो । बन्द खुलेसंगै जिल्लाको जनजिबन सामान्य बन्दै गएको छ । बजार पसल खुल्न थालेका छन् भने यातायात निर्बाध रुपमा चलेका छन् ।

         आन्दोलनका कार्यक्रम अन्र्तगत चितवनका शैक्षिक संस्था र जिल्लाभर सरकारी गाडी सञ्चालनमा भने अबरोध गर्ने ढुङ्गानाले बताउनुभयो । थप आन्दोलनका कार्यक्रम भोलि सार्बजनिक गरिने युबा संघ चितवनले जनाएको छ ।

Comments

Sunne lae sunko mala

Latest News

More News

Special Programs