Activities

निर्वाचनसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिद्वारा अस्विकार

  • Fri Aug.17.2012

काठमाडौँ, १ भदौ/ राष्ट्रपति डा. रामवरण यादवले सरकारले सिफारिस गरेका निर्वाचनसम्बन्धी दुई अध्यादेश अस्विकार गर्नुभएको छ ।

सरकारले निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संविधानसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले ७ मंसिरका लागि तय गरेको संविधानसभाको निर्वाचनलाई निर्वाचन आयोगले नै गर्न नसक्ने बताएपछि अध्यादेश जारी गर्नुको कुनै औचित्य नहुने भन्दै अध्यादेश अस्विकार गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिको पूर्णपाठ ::
निर्वाचन आयोगले निर्वाचनको वैधता र विश्वसनीयताको निम्ति आवश्यक संवैधानिक एवं कानुनी व्यवस्था र राजनीतिक दलहरूको सहभागिताको निम्ति दलहरूका बीच न्यूनतम सहमति पनि भै नसकेको कारण उल्लेख गरी नेपाल सरकारद्वारा घोषित मिति २०६९/०८/०७ गतेका दिन अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न सम्भव नहुने कुराको जानकारी नेपाल सरकारसमक्ष २०६९/०४/१५ मा नै गराइसकेको देखिँदा परिवर्तित परिस्थितिमा नेपाल सरकार मन्त्रिपरिषद्द्वारा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मिति २०६९/०४/१२ मा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा ९१० बमोजिम सिफारिस भएका (क) निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९ (ख) संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०६९ सम्माननीय राष्ट्रपतिज्यूले तत्काल जारी गर्नुको सान्दर्भिकता नदेख्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

 

Comments

Sunne lae sunko mala

Latest News

More News

Special Programs