Activities
त्रिशुलीमा ट्रक खस्दा मकवानपुरे चालकसहित तीन जना बेपत्ता
गोरखा, भाद्र ४ - पृथ्वी राजमार्गको धादिङ जोगिमारा सडकखण्डबाट त्रिशुली नदीमा खसी मालबाहक ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मनहरी ४ मकवानपुरका २७ बर्षीय चालक सुवास पौडेल, कोटा गाविस ८ तनहुँका १८ बर्षीय सहचालक दिपक गुरुङ र कोटा गाविस ८ तनहुँकै १७ बर्षीय रवी गुरुङ बेपत्ता भएका हुन् ।
सोमबार बिहान लु १ ख ४९४२ नम्बरको ट्रक नदीमा खसेर उनीहरु बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बिनोद घिमीरेले बताए । 'ट्रक पनि देखिए छैन । सडकछेउको बार भाँचिएकाले झरेको ठाउँ मात्र पहिचान भएको छ' उनले भने, 'नदीमा पानीको बहाब बढी भएकाले उद्धार गर्न सकिएको छैन ।'
ट्रक नारायणघाटबाट काठमाडौंका लागि हिँडेको थियो । 'अन्य गाडिवालाहरुले सवारीसाधन खसेको हुनसक्ने अनुमान गरी हामीलाई खबर गरेपछि बिहान छ बजे थाहा पयौं' निरीक्षक घिमिरेले भने, 'गाडिको ब्लू बुक र अण्डाको एक वटा क्रेट फेलापरेपछि झरेको ठाउँको पहिचान भएको हो ।'
Coming Up Next
Kanchan Bihani Dhun
Time: 03:45–04:00 (Sunday)- Browse More
Latest News
- पानको मूल्य बढ्यो
- हे भगवान ! आज पनि बन्द !
- प्रहरीलाई छक्याएर भागेका खेमराज प्रजा समातिए
- भगवानको राजिनामापछि सिन्हा आए
- बन्द गराएकोमा बैद्यलाई कमल थापाको धन्यवाद (हेर्नुहोस् थापाको ट्विट)
- बन्दका क्रममा मकवानपुरमा सवारी साधन तोडफोड
- सर्प मर्दा रुवाबासी (हाम्रै मकवानपुरको घटना)
- यस्तो छ मकवानपुरको स्थानिय बजेट
- मकवानपुरमा 'लोकल' तोरीको खेति उपयूक्त
- गाडी भाडा ९ प्रतिशत बढ्ने







Comments