Thaha

Thursday 25 December - 2:31 am NST

प्रथम महिला उद्यमी ब्यापार मेलाको फोटो फिचर


काठमाण्डौं, २० चैत । 
काठमाण्डौंमा शुक्रबारदेखि प्रथम महिला उद्यमी व्यापार मेला भइरहेको छ । नेपाल महिला उद्यमी महासंघले आयोजनामा मेला भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भइरहेको हो । आइतबार सम्म चल्ने मेलामा नेपालका साना तथा मझौला महिला उद्यमी तथा निर्यातकर्ता संगै भारत, चीन, बंगलादेश, भुटान, पाकिस्तान, फिलिपिन्स लगायत देशका महिला उद्यमीको समेत सहभागीता छ । पुखौली सिप तथा कला, पोशाक, स्थानिय स्रोतसधान बाट बनाइएका हस्तकला, त्यस्तै अर्गानिक मह, टिम्बुर, जिम्बु आदिले महिलाहरुलाई उद्यमी बनाएको छ भन्ने मेला अवलोकनपछि बुझ्न सकिन्छ । ब्यापार मेलाको फोटो फिचर :

        नवलपरासीका थारु महिला मेला स्थलमै हस्तकलाका सामन तयार पार्दै  

        ११ वर्षको उमेरदेखि कपडा बुनेको सुनाउनु हुने पाँचथर म्याङलुङकी ५३ वर्षिय मिरा तुम्हाम्फे, तानमा ढाकाको साडीको बोर्डर बुन्दै

                  मकैंको खोस्टा, गहुँको छ्वालीलगायतबाट बनेका समान

               नवलपरासीको महिला उद्यमीले बुनेको पटेराको सुकुललगायतका समाग्रि 

        तेह्रथुमकी ढाका कपडा उद्यमी चन्दा लिम्बु (रातो स्विटरमा)

             टिम्बुरको छोप बनाएर उद्यमी बनेकी धादिङ सेर्तुङकी बसु मन्बा तामाङ (साडीमा)

 

           भुटानका महिलाहरु आफ्नो देशका महिलाले उत्पादन गरेका विभिन्न उत्पादन राखिएको स्टालमा 

फोटो : सन्चु ब्लोन