Thaha

Monday 29 April - 9:02 pm NST

उपराष्ट्रपतिमा नन्दकिशोर पुन ‘पासाङ’ निर्वाचित


काठमाडौं, १४ कार्तिक । 
उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ निर्वाचित हुनुभएको छ । औपचारिक घोषणा भने हुन बाँकि भने छ । अहिलेकेहिबेरमा बस्ने व्यवस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तिले मतपरिणामसँगै निर्वाचित उपराष्ट्रपतीमा निवाचित भएको घोषणा गर्नुहुनेछ । 

सत्तागठबन्धनका तर्फबाट उम्मेदवार एकीकृत नेकपा माओवादीका पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ्गले ३२५ मत पाउनु भएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २ सय १२ मत मात्र प्राप्त गर्नु भएको छ । १० मत बदर भएको छ । 
संसदमा रहेका ५ सय ९७ सांसदमध्ये ५ सय ४७ जनाले उपराष्ट्रपती चयनका लागि मतदान गरेका थिए । संयुक्त लोकतान्त्रिक मोर्चाले मतदानमा भाग लिएको थिएन ।