Thaha

Tuesday 13 January - 4:55 am NST

प्रचण्डको राजनीतिक प्रतिवेदनमा कुनै नयाँ सोच र वस्तुपरक योजना छैनः भट्ठराई

काठमाण्डौं, मंसीर १८ गते । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा कुनै नयाँ सोच र वस्तुपरक योजना नभएको टिप्पणी गर्नुभएको छ ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा आफू र नयाँ शक्ति निर्माण अभियानमाथि लगाएको आरोपको जवाफ दिँदै भट्टराईले प्रचण्डको प्रतिवेदनले एकीकृत नेकपा माओवादीलाई कहिँ पनि नपु¥याउने दावी गर्नुभएको छ ।  ‘पुरानै शब्दजाल छ, अनि अष्टवादी निबन्धको शैली छ,’ भट्टराईले प्रचण्डको प्रतिवेदनबारे फेसबुकमा टिप्पणी गर्दै लेख्नुभएको छ – क्यान्सर लागेको र शल्यक्रिया गर्नु पर्ने भनिएको छ तर, फेरि पनि उनी झारफुक नै प्रेस्क्रिप्सन (सिफारिस) गरिएको छ ।’

प्रचण्डले आफ्नो प्रतिवेदनमा भट्टराईको एमाओवादी परित्याग नियोजित भन्दै बाबुरामले बनाउन लागेको नयाँ शक्तिलाई बुर्जुवाहरुको पुरानो खिया लागेको हतियार’ भन्नुभएको छ । भट्टराईले प्रचण्डको प्रस्तावलाई जर्जर भैसकेको घरलाई केही समय काठको टेको लगाएर थम्याउने मिभ्या प्रयास मात्रै भनेर टिप्पणी गर्नुभएको छ । ‘विचार र संगठन पुरानो तर विधि नयाँ केही हुन्न ।’ भट्टराईले लेख्नुभएको छ–र त्यो कार्यान्वयन पनि हुन्न ।’

प्रचण्ड पनि ‘आफू भन्दा फरक विचार राख्नेहरुलाई मुख्यतः स्टालिनको पालादेखि बाहृय शक्तिसँग जोडेर चरित्र हत्या मात्र हैन, भ्याएपुगेसम्म भौतिक सफाया गर्नेसम्मको दुःखद विरासतबाट मुक्त हुन नसकेको भट्टराईको तर्क छ ।